Full Text Transcript
Text below was recognized via OCR from scanned pages and may contain minor errors. Mathematical formulas and symbols may be approximate - please refer to the PDF for the exact equations.
Civil Services (Main) Examination, 2024 PHKIV-C-NPLI
नेपाली / NEPALI
(अनिवार्य) / (Compulsory )
निर्धारित समय : तीन घण्टे अधिकतम अङ्ग : 300
Time Allowed : Three Hours Maximum Marks : 300
प्रश्न-पत्र सम्बन्धित विशेष अनुदेशावली
कृपया प्रश्नका उत्तर लेख्जूआचि तल दिइएका प्रत्येक अनुदेशलाई ध्यानपूर्वक पढ्नुहोस् :
सबै 727૪7 उत्तर लेख्नु अनिवार्य छ |
प्रत्येक प्रस्न/अंशका अङ्ग तिनका विपरीता सूचित गरिएको छ |
72777 निर्देश नगरिएको भए तापनि उत्तर नेपाली (சொரி लिपि)-मा लेख्नु अनिवार्य छ /
72777 जहाँ विशेष रूपले उल्लेख गरिए अनुसार शब्द सीमालाई पालन 77 आवश्यक छ / यदि उल्लेख गरिएको भन्दा लामो अथवा
छोटोमा उत्तर लेखिए अङ्ग घटाइने छ |
अश्न-सह-उत्तरपस्तिकामा खाली छोडिएका দলা अथवा कुनै भाग स्पष्टसित काटिएको हुनुपर्छ /
Question Paper Specific Instructions
Please read each of the following instructions carefully before attempting questions :
All questions are to be attempted.
The number of marks carried by a question/part is indicated against it.
Answers must be written in NEPALI (Devanagari script) unless otherwise directed in the
question.
Word limit in questions, wherever specified, should be adhered to and if answered in much longer
or shorter than the prescribed length, marks may be deducted.
Any page or portion of the page left blank in the Question-cum-Answer Booklet must be clearly
struck off.
PHKM-C-NPLI 1
Ql.
Q2.
निम्नलिखित कुनै एउटा विषयमाथि 600 (છ सय) शब्दमा निबन्ध लेख्नुहोस् :
(8) लोकतन्त्र अनि अभिव्यक्तिको स्वतन्त्रता
(0) के भारतमा पिउने पानीको सङ्कट गम्भीर छ ?
(८)... जनजातीय संस्कृतिको جو : प्रयास अनि सम्भावनाहरू
(ત) खाली भाँडा धेरै बज्छ
निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढी त्यसका आधारमा तल दिइएका प्रश्नका उत्तर स्पष्ट,
सही अनि सङ्क्षिप्त भाषामा लेख्नुहोस् : 12x5=60
आलोचनालाई साहित्यको एउटा अङ्ग मानिन्छ, यसैले कि यसले साहित्यलाई आफ्नो
सीमाभित्र राख्ने व्यवस्था गर्दछ । साहित्यमा जब कुनै त्यस्तो वस्तु सम्मिलित हुन आउँछ, जो
यसको रसप्रवाहमा वाधक बन्दछ, त्यसबाट साहित्यमा दोषको प्रवेश हुन जान्छ, त्यसरी नै संगीतमा
कुनै बेसुरा ध्वनिले त्यसलाई दूषित गरिदिन्छ |
हाम्रो என भावहरूकै प्रकाश आनन्द हो | असत्य भावहरूमा दु:खकै अनुभव हुन्छ ١
कतिपय मानिसहरूले हिंसा गरेर, वा कसैको सम्पत्ति हेर आफ्नो स्वार्थकालागि, वा कसैको अहित
गरेर पनि आनन्द लिने गर्दछ, तर यो मनको स्वाभाविक प्रवृत्ति होइन | एउटा चोरलाई उज्यालोभन्दा
अँध्यारो मन पर्छ, तर त्यसले उज्यालोको श्रेष्ठतालाई कुनै बाधा पार्दैन |
जुन भावनाहरूद्वारा हामी आफूलाई अरूसित मिलाउन सक्छौं, त्यही नै सत्य মান हो, प्रेमले
हामीलाई अन्य वस्तुहरूसित मिलाउने गर्छ, अहङ्कारले हामीमा विभेद ल्याउँछ । जससित अति
अहङ्कार छ उसले अरूहरूसित कसरी समानता ल्याउँछ ? यसर्थ, प्रेम सत्य भाव हो, अहङ्कार
असत्य भाव हो ।
भक्ति प्रकट गर्नलाई कुनै प्रत्यक्ष वस्तुको आवश्यकता पर्दछ । दया गर्नलाई पनि कुनै पात्रको
आवश्यकता पर्दछ । ध्यैर्य र साहसकालागि पनि हामीलाई कुनै सहाराको जरूरी पर्दछ | तात्पर्य
यस्तो हुन्छ कि हाम्रा भावहरूलाई जगाउन वाह्य वस्तुहरूसँग सामाञ्जस्य हुनु जरूरी छ । यदि वाह्य
प्रकृतिको हामीप्रति कुनै असर न रहे; यदि हामीले कसैको पुत्रशोकमा विलाप गरेको देखेर आँसुका
PHKM-C-NPLI 2
चार थोपा சானி মন; यदि हामी कुनै आनन्दोत्सवमा मिलेर आनन्दित हुन सकेनौँ भने; त्यसलाई
सम्झनुपर्छ कि हामीले निर्वाण प्राप्त गरिसक्यौँ | यस्तो स्थितिमा साहित्यको कुनै मूल्य छैन । ती
व्यक्ति जसले सुख र दु:खको अनुभव संसारमा एकसाथै गर्दछ उही नै साँचो साहित्यकार हो |
आफै-भित्र मात्र दुःखको अनुभव गर्नु पर्याप्त होइन | एकजना कलाकारमा यी सबै क्षमता हुनु
आवश्यक छ । तर भिन्न परिस्थितिहरूले मानिसहरूलाई भिन्न दिशाहरूमा पुरयाउँदछ । मानिसहरूमा
मात्र भावहरूको समानता भए पनि, परिस्थितिहरूमा विभेदका कारणले प्रतिक्रिया स्वरूप भेदको
असर पर्दछ । यदि हामी किसानहरूका माझ रहेका छौँ वा तिनीहरूका साथमा बस्ने अवसर मिल्यो
भने; स्वाभाविक रूपले हामी तिनीहरूको सुख-दुःखलाई आफ्नो सम्झन என்னி अनि त्यसबाट
त्यति मात्रामा प्रभावित हुनेछौं जति हामी ती भावहरूको गहिराइमा நானி | यसरी नै, अरू
परिस्थितिहरू पनि बुझ्न सक्नेछौँ | यस्तो अर्थ पनि लाग्न सक्छ कि कुनै व्यक्तिले किसानहरूका, वा
श्रमिकहरूका वा कुनै आन्दोलनको प्रचार गर्दछ भने त्यो अन्याय हो । यस्तो हो भने साहित्य र
प्रचारमा भिन्नता नै के हुन्छ र ? यदि प्रचारमा आत्म-विज्ञापन भएन भने त्यसमा एक विशेष उद्देश्य
पूरा गर्नु पर्ने उत्सुकता रहन्छ जसले कुनै साधनहरूको वास्ता गरेको हुँदैन । साहित्य शीतल र मन्द
समीर हो, जसले सबैलाई शीतलता र आनन्दित पार्दछ । प्रचार आँधी हो, जसले हरियापरियो
रूखहरूलाई उखालेर फ्याँकिदिन्छ अनि झोपड़ी र महलहरू समेतलाई हल्लाइदिन्छ | त्यो त्यस्तो
रसविहीन हुनाले, प्रचार कुनै आनन्दको वस्तु होइन; तर यदि कुनै निपुण कलाकारले त्यसमा सौन्दर्य
र सुगन्ध भर्नसक्छ भने त्यो त्यही प्रचारको चीज नभएर सत्साहित्यको वस्तु बन्नसक्छ ।
(8) आलोचना साहित्यको अङ्ग किन हो ?
(७) સત્ય र असत्य भावको के आशय हुन्छ ?
(૦) मनको स्वाभाविक વૃત્તિ के होइन ?
(१) लेखकका दृष्टिमा साँचो साहित्यकार को हुनसक्छ ?
(૭) साहित्य अनि प्रचार माझको भिन्नता छुट्याउनुहोस् |
PHKM-C-NPLI 3
12
12
12
12
12
Q3.
निम्नलिखित अनुच्छेदको सारांश लगभग एक-तिहाई शब्दमा लेख्नुहोस् | यसको शीर्षक
लेख्न आवश्यकता छैन | सारांश आफ्नै भाषामा लेख्नुहोस् ١
यो ध्यान दिनु पर्ने कुरा हो कि ईर्ष्या कुनै व्यक्ति-विशेषसित लक्षित हुन्छ । यस्तो हुँदै हुँदैन
भन्ने होइन कि कोही व्यक्ति धनी, गुणी वा सम्माननीय छ भने हामी وخ எனி | ईर्ष्या विस्तारै
हुन्छ जब हामीलाई विश्वास हुन्छ जब हामी अरूहरूसँग तुलना गर्न थाल्छौं अथवा आफूलाई
अरूहरूसँग तुलना गर्न पर्ने हुन्छ । आफूदेखि टाढा हुने हुनाले आफ्नो साथ-साथमा जोसग
मानिसहरूको ध्यान जाने निश्चय हुँदैन, उप्रति ईर्ष्या उत्पन्न हुँदैन । काशीका कुनै धनी व्यक्तिलाई
युरोपको कुनै धनी व्यक्तिको कुरा सुनेर ईर्ष्या नहुन सक्छ | एकजना हिन्दी कविलाई कुनै अंग्रेजी कविको
महत्त्व सुनेर ईर्ष्या नहुन सक्छ | आफन्तहरू, बाल-साथीहरू, सहपाठीहरू તથા छिमेकीहरूका
माझमा ईर्ष्याको विकास अधिक देख्न पाइन्छ | यदि दुईजना साथीहरूमध्ये कसैले सफलता पाउँछ र
उच्च पदमा पुग्छ भने, उसले त्यस साथीले जस्तै पद पाउन त्यत्तिकै संघर्ष गर्ने प्रयास गरेको
देखिन्छ | प्राय: नै आफ्नो उन्नतिकालागि गुप्त वाधाहरूको પત્તો लगाउँदै-लगाउँदै आफ्ना कुनै पुराना
साथीको पछि लाग्ने गरेको भेटिन्छ । जुन समय एउटा सम्बन्ध-सूत्रमा आएर हामी अरूलाई आफ्नो
साथ एक पङ्तिमा खड़ा गर्छौं त्यस समय सहानुभूति, सहायता आदिको सम्भावना हुँदा हुँदै ईर्ष्या र
ல सम्भावनाको बीउ पनि रोपिँदै जान्छ | हामी आफ्नै नियमबाट भलाई-भलाई कै सम्भावनाको
सूत्रपात னி अनि यस्तै प्रकारले भविष्यको अनिश्चयमा વાઘા पुऱ्यायाँ भने, त्यस्तो कहिल्यै हुन
सक्तैन | भविष्यको अनिश्चयता अटल र अजेय छ | आफ्नो सम्पूर्ण ज्ञान-बुद्धिबाट पनि हामी
त्यसलाई कदापि हटाउन सक्तैनौँ |
अब ध्यान दिनु पर्ने कुरा के கள்ளைக் संसारकालागि ईर्ष्या যন र ईर्ष्याको पात्रबाहेक
स्थितिप्रति ध्यान दिने समाजको पनि आवश्यकता छ । समाजको धारणाप्रति प्रभाव पार्नकैलागि
ईर्ष्या गर्ने गरिन्छ | ऐश्वर्य, गुण वा सम्मानलाई गोप्य रूपमा, समुदायलाई थाहा नगराई; सुख-सन्तोष
भोग्ने कुरा आउँदैन | ऐश्वर्य વા गुणमा हामीले எணி भने कुनै व्यक्तिसँग वस्तुत: अघि बढेर वा
उसको तुलना न भएपनि; तर यदि समाजको धारणा त्योभन्दा धेरै वा तुलनीय छ भने हामी सन्तुष्ट
रहन सक्छौं, ईर्ष्याको घोर कष्ट उठाउनु पर्ने छैन | कस्तो विचित्र कुरा छ भने वस्तु-प्रेरित भएर
बञ्चित रहेर पनि हामी समाजको धारणासँग मात्र सन्तुष्ट रहन सक्छौँ | ईर्ष्या सामाजिक जीवनबाटै
जन्मेको एउटा कृत्रिम विष हो | यसको प्रभावबाट हामी अरूको उन्नति हुँदैछ भने पनि आफ्नो कुनै
वास्तविक हानि नदेखेर व्यर्थे दु:खी हुने गर्छौं |
PHKM-C-NPLI 4
66
न्यायाधीशले न्याय गर्दछ; कारिगरले इँटा जोड्ने काम गर्दछ | समाज कल्याणको बिचारबाट
न्यायाधीशको साधारण व्यवहारमा कारिगरप्रति तिमी मभन्दा सानो হী भन्नु उचित होइन । जुन
समुदायमा यस प्रकारको கான்கள் - को अभिमान ठाउँ-ठाउँमा बढेर जानथालेपछि, त्यसको
भिन्न-भिन्न वर्गमाझ स्थायी ईर्ष्या स्थापित हुनजान्छ, अनि संघ-शक्तिको विकास धेरै कम
अवसरहरूमा देख्न पाइन्छ । यदि समाजमा कार्य गर्दा, जसबाट भिन्न-भिन्न प्राणी जीवन निर्वाह
गर्दछन्, परस्पर “सानो-ठुलो' - को ढोल नबजोस, तर तिनीहरूको विभिन्नतालाई स्वीकार गरियो भने;
धेरै नै असन्तोषहरू हटेर जानेछ । जहाँ यसप्रकारको विभेदको भावनाले धेरै प्रचार पाउँछ अनि
मानव-व्यवहारमा निश्चित र स्पष्ट रूपमा देख्न थाल्छ; त्यहाँ मानिसहरूको शक्तिहरू केवल केही
विशेष-विशेष स्थानहरूमा प्रवृत्त भएर ती-ती स्थानहरूमा एकत्रित हुन थाल्छ अनि समाजका कार्य
क्षेत्रहरूमा विषमता आउन थाल्छ ।
(456 शब्द)
౧4. निम्नलिखित गद्यांशलाई अङ्ग्रेजीमा अनुवाद गर्नुहोस् : 20
कुटीर उद्योग र लघु उद्योगको चर्चा भारतमा एकपटक पुन: प्रबल भइरहेको छ | यसप्रकारको
उद्योग-धन्दाको सन्दर्भमा त्यस्ता घरेलु किसिमको ससाना काम-धन्दाको परिकल्पना रहेको छ,
जसलाई सानो ठाउँमा थोरै पुँजी र श्रमबाट स्थापित गरेर कुनै व्यक्तिले उत्पादनको भागीदार बनेर
आफ्नो रोजी-रोटीको समस्यालाई हल गर्नसक्छ । यसप्रकारको परिकल्पनाले कुनै पनि व्यक्ति निर्माता
वा उत्पादक बनेर विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो बेकारी जीवनलाई सुगम बनाउन सक्छ ।
वास्तवमा, भारत जस्तो देशकालागि यस्तै प्रकारका ससाना उद्योग-धन्दाहरू नै हितकर
हुनसक्छ, यी कुराहरू महात्मा गान्धीले स्वतन्त्रता-संग्रामका दिनहरूमा नै थाहा गरिसकेका थिए ।
उनले यस्तै प्रकारका एकाईहरूका स्थापना गर्ने र परम्परागत उद्योगहरूको नवीनीकरण गर्ने प्रेरणा
दिएका थिए | तर यी कुराहरूलाई भुलेर स्वतन्त्रता प्राप्तिपछिका नेतृत्वहरूले यसप्रति कुनै चासो नै
देखाएनन्, ठुला-ठुला उद्योग-धन्दाहरूको प्रभुत्व रहन थाल्यो अनि समर्थ व्यक्तिहरूकै निजी सम्पत्ति
बनेर रह्यो | एकातिर बढदै गरेको जनसंख्या, शिक्षाको प्रचार, जन-जागृति, अधिकारको माग र
पहिचान, बेकारीहरूका निरन्तर लम्बिन्दै गएका पङ्तिहरू - यी सबैले आजको जागरूक
चिन्तकहरूलाई विवश गराइदियो कि ढिलै भए पनि सही, देशको यसप्रकारको बढिरहेको
समस्याहरूलाई समाधानकालागि गान्धीवादी सूत्रहरूलाई नै अपनाउनु पर्ने भयो - जसले यहाँको
आवश्यकताहरू पूरा गर्नसक्छ । फलस्वरूप, आज देशमा कुटीर उद्योगहरू सर्वत्र फैलिन सकेको
छ ।
PHKM-C-NPLI 5
৫5.
निम्नलिखित गद्यांशलाई नेपालीमा अनुवाद गर्नुहोस् :
In our democratic system, the press has a vital role. While there has
been large-scale expansion of the print and visual media in recent years, a
focused approach to dealing with major societal and political issues has still
to evolve. There is, as yet, excessive and exaggerated coverage of exposures
and scandals and far too little well-informed comment or analysis of the
various deep-rooted factors which generate the continuing malaise. The
media could make an extremely useful contribution by devoting adequate
coverage to tasks well done, highlighting the achievements of honest and
efficient public servants and organizations, according special attention to
developments in the remote and backward areas of our country. Our media is
free and unfettered. It should be able to expose cases and incidents involving
irregular and unlawful exercise of authority and abuses of all kinds. The
existing ills in our socio-political environment will, on present reckoning,
take considerable time to remedy. The Department of Personnel and
Administrative Reforms should focus on establishing institutions responsible
for all personnel matters — appointments, postings, transfers etc. — without
any external interference. Also, there is a need for adoption of a robust code
of ethics to be followed by those involved in public functioning.
(৪) ൫ तलका कुनै पाँचवटा शब्दको सन्धि-विच्छेद गर्नुहोस् :
श्रेयष्कर, सङ्कल्प, धनुष्टङ्कार, अध्यक्ष, सान्नानी, ,ہا तदनुसार |
0) तलका कुनै पाँचवटा शब्दका दुई-दुईवटा अनेकार्थक शब्द लेख्नुहोस् :
कल, बन्धकी, वादी, जड, समुद्र, प्रासाद, विपुल ।
യ 0) तलका कुनै याचक्टा शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
उत्कर्ष, कालिमा, प्रदान, आवृत्त, उपेक्षा, ओभानो, तिमिर ।
(1) तलका पाँचवटा पदको समास-विग्रह गर्नुहोस् :
पदोन्नति, सत्तासीन, नवोदित, पुत्ररत्न, लुछालुछ, नीलकण्ठ, पाषाणहदय |
PHKM-C-NPLI 6
20
(০) 0) तलका कुनै पाँचवटा वाग्धारालाई एक-एकवटा वाक्यमा प्रयोग गर्नुहोस् :
हावा खानु, तीन न तेहेको, आँखा جج , पेट काट्नु, इतिश्री हुनु, काँचुली फेर्नु,
कुइरोको काग ।
(7) तलका कुनै पोचक्टा पदावलीको सारशब्द लेख्नुहोस् :
(1) आकाशमा देखिने ताराहरूको पुञ्ज |
(2) सेनामा नयाँ भर्ना भएको सिपाही ।
(8) ढुङ्गामा कुँदिएको लेख ।
(4) प्रसिद्ध परम्परागत काल्पनिक कथा |
(5) होम गर्दा चाहिने दाउरा |
(6) जसले आफ्ना इन्द्रियहरूलाई वशमा राख्न सक्तछ ।
(7) बिहेका निम्ति केटीलाई फकाउने स्त्री ।
(8) बाहिरबाट आएका मानिसहरूले बसाएको எனி ۱
(0) ¢) तलका कुनै पाँचवटा शब्दको लिङ्ग परिवर्तन गर्नुहोस् :
काका, गोरू, नायक, बघिनी, सम्धिनी, बलवती, मत्ता |
(1) तलका कुनै Weaer उखानलाई पूरा गर्नुहोस् :
വ इलमीको भागमा ........................... ।
(2) राजा खान्छ निसाफले ........................... ।
(8) छोरोभन्दा नातीको माया ........................... ।
(4) घर भाँडिन्छ कुराले ........................... ।
(5) बुद्धिमानलाई एक कुरा ........................... ।
(6) गर्ने भन्ने हनुमान ........................... ।
(7) सिपाहीकी स्वास्नी .......................... ।
(8) फूलको बास्ना वरिपरि ........................... ।
PHKM-C-NPLI 7
EP Pape -
५
9 I ।
- = . + 7
۲ 1 ঢু
|
பண PR ಸ iow ପଚ رع । ଠ க
॥ ७ ৷ ۱
ತ್
কম৷
me
+
£
2
ఓట ক ಚ್ಚ್ యా... ੪8 ಹಾ ୨୬ ਸਿ ಹೌ সদ =. ટ

