Smar NetworkSmar.inSmargrid.comNewsInsuranceRooms
Follow us:📘Facebook✈️Telegram

← Back to UPSC 1

Previous Year Question Paper

NEPALI-COMPULSORY-QP-CSM-25-010925

Pages8
FormatPDF
SourceOCR transcription

Please verify you're human to unlock the download & viewer links.

PDF hosted at www.upsc.gov.in: ↓ Download from source Open at sourceThe PDF opens on the source website in a new window.

Full Text Transcript

Text below was recognized via OCR from scanned pages and may contain minor errors. Mathematical formulas and symbols may be approximate - please refer to the PDF for the exact equations.

Civil Services (Main) Examination- 2025 नेपाली / NEPALI (अनिवार्य) / (Compulsory ) SLPM-C-NPLI निर्धारित समय : तीन घंटे अधिकतम अंक : 300 Time Allowed : Three Hours Maximum Marks : 300 प्रश्न-पत्र सम्बन्धित विशेष अनुदेशावली कृपया प्रश्नका उत्तर लेख्नुअघि तल दिइएका प्रत्येक अनुदेशलाई ध्यानपूर्वक पढ्नुहोस्‌ : सबै प्रश्नका उत्तर लेख्नु अनिवार्य छ। प्रत्येक प्रश्‍न/अंशका अङ्क तिनका विपरीतमा सूचित गरिएको છ | प्रश्नमा निर्देश नगरिएको भए तापनि उत्तर नेपाली (देवनागरी लिपि)-मा लेख्नु अनिवार्य छ। प्रश्नमा जहाँ विशेष रूपले उल्लेख गरिए-अनुसार शब्द-सीमालाई पालन गर्नु आवश्यक छ | यदि उल्लेख गरिएको भन्दा लामो अथवा छोटोमा उत्तर लेखिए अङ्क घटाइने છ / प्रश्न-सह-उत्तरपुस्तिकामा खाली छोडिएका पन्ना अथवा कुनै भाग स्पष्टसित काटिएको हुनुपर्छ | Question Paper Specific Instructions Please read each of the following instructions carefully before attempting questions : All questions are to be attempted. The number of marks carried by a question /part is indicated against it. Answers must be written in NEPALI (Devanagari script) unless otherwise directed in the question. Word limit in questions, wherever specified, should be adhered to and if answered in much longer or shorter than the prescribed length, marks may be deducted. Any page or portion of the page left blank in the Question-cum-Answer Booklet must be clearly struck off. SLPM-C-NPLI 1 ౧1. ९2. निम्नलिखित कुनै एउटा विषयमाथि 600 (छ ಸ शब्दमा ମସ लेख्नुहोस्‌ : (a) भारतीय ज्ञान परम्पराको प्रासाङ्गिकता ۰ 0) विश्वयुद्धको गहिरिंदो सङ्कट ) डिजिटल भुगतानको फाइदा (4) खेलकुदहरूमा भारतीय महिलाहरूको बढ्दो भागीदारी निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढी त्यसका आधारमा तल दिइएका प्रश्नका उत्तर स्पष्ट, सही अनि सङ्क्षिप्त भाषामा लेख्नुहोस्‌ : 12x5=60 जैव विविधता विश्वको जीवित प्रजातिहरूको विविधता हो, जसमा उनीहरूको आनुवंशिक विविधता र उनीहरूद्वारा निर्मित पारिस्थितिकी तन्त्रहरूको समुदाय सम्मिलित हुने | आज जीवनको यस विविधताले गम्भीर चुनौतीहरूको सामना गर्नु परिरहेछ | वैज्ञानिकहरू यस कुरासित सहमत छन्‌ कि, उष्णकटिबन्ध बन-जङ्गलहरूको विनाश र अस्थिरताको वर्तमान दरहरूमा आउँदो एक-चौथाई शताब्दीतिर प्रति दशक प्राय: पाँचदेखि दस प्रतिशत उष्णकटिबन्ध वन्य-प्रजातिहरू नष्ट भएर जानेछन्‌ | विलुप्त हुने सङ्कट उष्णकटिबन्ध बन-जङ्गलहरूसम्म सीमित छैन | नदीहरू अवरूद्ध हुनु अनि विदेशी प्रजातिहरू आउनाले मिठो पानीको प्राकृतिक भण्डारहरूमा नाटकीय रूपमा परिवर्तन आइरहेको छ । महासागरीय द्वीपहरू, जहाँ बितेका कैयौँ हजार वर्षहरूमा धेरै जसो विलुप्त भइसकेका छन्‌, धरतीमाथि सबभन्दा अधिक चुनौतीपूर्ण पारिस्थितिकी तन्त्रहरूमध्ये त्यो एउटा हो | प्रजातिहरू र आनुवंशिक विविधताको नष्ट, प्राकृतिक बासयोग्य एवम्‌ पारिस्थितिकी तन्त्रको क्षय यो ਧਿੱਫੀ तथा भावी 97 लागि एउटा अत्यन्त मूल्यवान्‌ विषय हो | आज प्रायः प्रजातिहरू लुप्त हुने मूल कारण नै अज्ञात खाद्य, चिकित्सा र यसको औद्योगिक उपयोग हो । पारिस्थितिकी ‏میں‎ मानव जनसङ्ख्याको संरक्षण गर्नमा आफ्नो क्षमता हराउँदै गइरहेको छ अनि त्यसको क्षति माटो काट्नु, जलाशयहरूको खरोपन, स्थानीय जलवायुमा परिवर्तन, मरूस्थलीय हुनु तथा उत्पादनमा हास आउनाले अत्यधिक मूल्य चुकाउनु परिरहेको छ | जैविक संसाधनहरूको मूल्य-निर्धारण गर्नलाई तीनवटा मुख्य उपायहरू उपयोगमा ल्याउने काम भएको छ । उपभोग-उपयोग मूल्याङ्कन अन्तर्गत जलाउने दाउरा, चारो, शिकार गरेको मासु जस्ता संसाधनहरूको मूल्य आकलन गर्नु पर्ने हुन्छ जसको उपयोग बजारबिना नै हुने गर्छ । उत्पादक-उपयोग मूल्याङ्कनमा ती SLPM-C-NPLI 2 Q3. उत्पादनहरूको मूल्यको आकलन गर्नु सामेल हुन्छ जसलाई वाणिज्यीय दृष्टिले काट्ने वा बेच्ने गरिन्छ जस्तै : दाउरा, माछा, मासु, मह अनि औषधीय पौधाहरू आदि । गैर-उपभोक्ता-उपयोग मूल्याङ्कनमा पारिस्थितिकी तन्त्रहरूको कार्यहरू जस्तै : जल सञ्चय क्षेत्र संरक्षण, प्रकाश-संश्लेषण, जलवायु नियमन अनि माटो उत्पादनको प्रत्यक्ष मूल्यहरूको आकलन गर्नु सामेल हुन्छ | साथै यस कुराको सन्तोष हुन्छ कि केही प्रजातिहरू बाँचेका हुन्छन्‌। प्राय: नीति-निर्माताहरू उत्पादक-उपयोग मूल्यहरूको विशेष प्रशंसा गर्दछन्‌, किनकि वन्यसंरक्षण, मत्स्यपालन जस्ता ठूला उद्योगहरूसित सम्बन्धित र व्यापारसित पनि जोडिने कारणले ती राष्ट्रीय आयमा परिलक्षित हुने गर्दछ । (a) जैव विविधताको तात्पर्य के ਗੇ ? (0) विलुप्तता सङ्कट के हो? (0 प्रजातिहरू र आनुवंशिक विविधताको हानिबाट कस्तो सङ्कट उत्पन्न हुन्छ ? (4) नौर-उपभोग-उपयोग' मूल्याङ्कनको आशय स्पष्ट पार्नुहोस्‌ | (€) नीति-निर्माताहरूद्वारा कुन मूल्याङ्कनलाई सबभन्दा धेरै प्रशंसा गरिन्छ अनि किन ? निम्नलिखित अनुच्छेदको सारांश लगभग एक-तिहाई शब्दमा लेख्नुहोस्‌ | यसको शीर्षक लेख्न आवश्यक छैन | सारांश आफ्नै भाषामा लेख्नुहोस्‌ | यदि हामी जान्न चाहन्छौँ कि प्रसन्नता के हो तब हामी यसलाई कुनै काल्पनिक जगत्मा होइन तर समृद्ध र पूर्णरूपले असल जीवन जिउने मानिसहरूमाझ खोज्नु पर्ने हुन्छ | यदि तपाई वास्तवमा कुनै एकजना प्रसन्न व्यक्तिलाई हेर्नुहुन्छ भने तपाइँले उसलाई एउटा नौका बनाइरहेको, स्वर-रचना गरिरहेको, आफ्ना छोरोलाई पढाइरहेको, आफ्नो बरवामा सुन्दर फूलहरू हुर्काइरहेको पाउनुहुन्छ | उसले त्यस प्रसन्नतालाई कहिल्यै पाउन नसकिने दुर्लभ वस्तुका रूपमा खोजेको हुँदैन | उसलाई यो थाहा हुनसक्छ कि ऊ दिनभरि चौबिसै घन्टा व्यस्त हुँदा पनि उ प्रसन्न हुन्छ | SLPM-C-NPLI 3 12 12 12 12 12 60 कुनै पनि व्यक्ति यस्तो कार्यमा प्रसन्न भइरहन सक्तैन जो पूर्णरूपले आफ्नै व्यक्तित्वप्रति केन्द्रित हुन्छ अनि उसको आफ्नै तात्कालिक आवश्यकताहरूसित सम्बन्धित रहेको हुन्छ । त्यस्तै प्रकारले कुनै पनि व्यक्ति त्यस्तो सामाजिक सम्बन्धहरूमा पूर्ण रूपले प्रसन्न हुन सक्तैन जो केवल ‏جو‎ अनि उसको सीमित सरोकारहरू र सङ्कीर्ण सीमाभित्र नै केन्द्रित रहेको हुन्छ । प्रसन्नता प्राप्त गर्नलाई हामी त्यसबाट आफूलाई बाहिर खोज्नुपर्छ । यदि तपाईँ आफ्नै लागि मात्र जिउनु चाहनुहुन्छ भने तपाई सधैँ आफ्नै विचारहरू र रुचिहरूको आवृत्तिको कारण सधैँ मृत्यु सदृश त्यसको तात्कालिक सङ्कटहरूमा नै रहेको हुनुहुन्छ | अत्यधिक मानवीय प्रसन्नताको दिशालाई एउटा अवसर छान्नुहोस अनि स्वयंलाई त्यससित जोड्नुहोस्‌ | कुनै पनि व्यक्तिले तबसम्म जिउनुको अर्थ बुझन सकेको हुँदैन, जबसम्म उसले ऊ आफ्नो अहंलाई आफ्नो साथी मानिसहरूका सेवामा समर्पित गर्दैन | यदि तपाईँलाई आफ्नै महत्त्वाकांक्षामाथि गर्व છ भने यसका लक्ष्यहरूको मानसिक सूची बनाउनुहोस्‌ | तपाईँ आफैलाई सोध्नुहोस्‌ कि के तपाई ती वैयक्तिक लक्ष्यहरूलाई प्राप्त गर्नु चाहनुहुन्छ अनि खुसी रहने अवसरहरूको त्याग गर्न चाहनुहुन्छ না तपाई खुसी रहने इच्छा गर्नुहुन्छ अनि आफ्नो अर्जित प्रतिष्ठालाई छोड्न चाहनुहुन्छ । जुन मानिसहरू अत्यधिक प्रसन्नतार अधिक सफलता चाहन्छन्‌ - तिनीहरूकालागि जीवनको केवल एउटै दर्शन हुनसक्छ, रचनात्मक परोपकारिताको दर्शन | एकजना वास्तविक प्रसन्न व्यक्ति सदैव सङ्घर्षरत आशावादी हुन्छ | आशावाद अन्तर्गत केवल परोपकारिता मात्र होइन तर सामाजिक दायित्व, सामाजिक साहस र वस्तुनिष्ठता पनि सामेल रहेको हुन्छ | यस श्रेणीमा पर्ने पुरुष र महिलाहरू ती हुन्‌ जो जीवनलाई दृढतासित स्वीकार गर्दछन्‌, वयस्कहरू जस्तै वास्तविकताको सामना गर्दछन्‌; जटिलताहरूको सामना धैर्यसँग गर्दछन्‌, ज्ञानलाई करूणासँग जोड्दछन्‌, आफ्नो जीवनलाई उत्साहसँग हास्यको भावनासित जोड्दछन्‌ - एउटा शब्दमा भन्नु हो भने उनी नै पूर्ण मनुष्य हुन्‌ | श्रेष्ठ जीवनले सतत्‌ परोपकारको क्रियाशील दर्शनको माग गर्दछ | यही नै सन्तोषप्रद जीवन हो अनि मनुष्य भएर प्रसन्न रहने एकमात्र मार्ग हो । प्रसन्नताको तत्त्व यति सरल छ कि त्यसलाई हातको औँलाहरूमा गन्न सकिन्छ | प्रसन्नताभित्रबाट आउने गर्दछ, अनि सरल र असल तथा स्वच्छ अन्तर्अात्मामा आधारित हुन्छ | यसको लागि धर्म आवश्यक छैन; तथापि, कसैलाई पनि नैतिक सिद्धान्तहरूमा आधारित दर्शनबिना, यसलाई प्राप्त गर्न जान्नु पर्ने हुँदैन | स्वार्थीपन यसको शत्रु हो | अरूहरूका खुसीमा नै आफ्नो पनि खुसी हुन्छ | यस्तो कुरा भीडमा लामो समयसम्म सायदै कतै पाइन्छ, एकान्त र चिन्तनका क्षणहरूमा यसलाई सजिलै प्राप्त गर्न सकिन्छ | यसलाई किन्न सकिँदैन, वास्तवमा पैसाको यससित धेरै कम मात्रामा लेन-देन हुन्छ | SLPM-C-NPLI 4 ৫4. कुनै व्यक्ति तबसम्म सुखी हुन सक्तैन जबसम्म ऊ आफैसित यथोचित रूपमा सन्तुष्ट हुँदैन, यसैले शान्तिको खोजी अनिवार्यरूपले आत्म-परीक्षणबाट आरम्भ हुनु पर्दछ । गर्नका लागि धेरै कुरा छन्‌, तर भएका धेरै कम छन्‌ | तथापि, यो गहन आत्म-विश्लेषणमाथि ती गुणहरूको खोजीमा निर्भर गर्दछ जसले प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउँदछ; अनि जसको विकासबाटै सन्तुष्टि मिल्दछ | यसैले यदि कसैलाई सुख प्राप्तिका लागि कुनै कार्यक्रम बनाउनु छ भने त्यो यस्तो हुनुपर्दछ - सीमित साधनहरूमा सन्तुष्ट रहनु, विलासिताको ठाउँमा शिष्टताको खोजी गर्नु, फेसनकोसाटो साफसुग्धरको खोजी गर्नु, योग्य बन्नु, गहन अध्ययन गर्नु; शान्तिपूर्वक चिन्तन गर्नु, मधुर बोल्नु, स्पष्टसँग काम गर्नु, नक्षत्रहरू र चराचुरूङ्गीहरू, शिशुहरू र ऋषिहरूलाई खुल्ला मनले सुन्नु, सबै कुरा प्रसन्नतापूर्वक सहनु, सबै कुरा साहसपूर्वक गर्नु, कहिल्यै जबरजस्ती नगर्नु अनि आध्यात्मिक, अनापेक्षित र अचेतनलाई सामान्य जीवनमाझ विकसित हुन दिनु । यति ध्यान राख्नुपर्दछ कि कुनै पनि सरकारले तपाईँका लागि सहन गर्नसक्तैन, आफैले आफ्नोलागि यी सब गर्नुपर्दछ | (553 शब्द) निम्नलिखित गद्यांशलाई अङ्ग्रेजीमा अनुवाद गर्नुहोस्‌ : सम्पूर्ण विश्वमा नै आतङ्कवाद मानवताकालागि सबभन्दा ठुलो चुनौती बन्न गएको छ । अमेरिका, भारत, इजराइल आदि देशहरू आतङ्कवादको घेराबाट निस्कनलाई सङ्घर्ष गरिरहेका छन्‌ । तर यो साङ्लो निरन्तर कसिँदै नै गइरहेको छ । दिनहुँ समाचार-पत्रहरूमा मुख्य पृष्ठमा ठुला-ठुला अक्षरहरूमा आतङ्कवादीहरूको घिनलाग्दो कार्यहरू छापिएका हुन्छन्‌ । दिनको थालनी यस्तै भयावह खबरहरूबाटै हुन्छ | यसरी कति अबोध शिशुहरूलाई यिनीहरू आफ्नो स्वार्थ पूरा गर्नलाई बली चढाउने गर्दछन्‌। स्वतन्त्रतापछि नै केही मानिसहरूले विदेशी शक्तिको बहकावमा आएर भारतमा आतङ्कवादको बीज रोपी दिएको थियो | यसको जड अब सम्पूर्ण देशमा यस प्रकार फैलिसकेको छ कि स्थिति अत्यन्त शोचनीय भइसकेको छ । काश्मीरमा आतङ्कवाद अझै पनि भयावह रूपमा विद्यमान्‌ छ । त्यहाँका मूल निवासीहरू अहिले शरणार्थीहरू सरह बनेका छन्‌ | त्यहाँ दिनहुँ डरको छायामा निस्कने गर्छ कि कतिबेला आज के हुन्छ होला ? केवल काश्मीर मात्र होइन, असम, बंगाल, नागाल्याण्ड आदि प्रदेशहरूलाई पनि आतङ्कवादीहरूले आतङ्कित बनाइरहेका छन्‌ | यी सबै प्रदेशहरूमा कानून-व्यवस्था चुनौतीपूर्ण भइसकेको छ । सेना तथा पुलिस यस समस्यालाई देशबाट हटाउनकालागि जिउ ज्यान दिएर जुटेका छन्‌ | सरकारले आतङ्कवादलाई हटाउन कैयौं उपायहरू गरिरहेका छन्‌, तर जनसाधारणको सहयोगको पनि आवश्यकता छ । यदि सबैले आफ्नो नीजि धार्मिक caries र क्षेत्रियतालाई त्यागेर भारतवासी बनेर बसे भने त यो समस्या सधैँका लागि समाप्त हुनसक्छ | कुनै पनि असल मनुष्यले अर्को मनुष्यलाई हानि पुराउन सक्तैन, किनभने आतङ्कवाद पशुत्व हो | सबैले एकमत एवं सङ्गठित भएर यो समस्यालाई विश्वबाट समाप्त गर्नलाई सहयोग दिनु जरूरी छ तथा विश्वमा शान्ति र सौहार्दको भावनालाई स्थापित गर्नु परेको छ | तब नै देश अनि समाज प्रगतितर्फ पूर्णरूपले अग्रसर हुनसक्छ | SLPM-C-NPLI 5 20 ૦5. निम्नलिखित गद्यांशलाई नेपालीमा अनुवाद गर्नुहोस्‌ : ७6. Healthy children are an essential component of an effective education system. Good health reduces absenteeism and dropouts and increases scholastic performance. An effective school health programme is one of the most cost-effective approaches in improving community health. School health activities contribute to healthy lifestyles, thus leading to a healthy future generation. School children also communicate the health-related information gained in schools to their families and neighbourhood, contributing to improved family and community health. The functions of school health services include detection and treatment of defects, creation and maintenance of hygienic environment in and around the school, provision of school meals, and improvement of nutritional status of children. This may be further enlarged to include health check-ups and immunisation campaigns. (੩) 0) तलका कुनै पाँचवटा शब्दको सन्धि-विच्छेद गर्नुहोस्‌ : सिंहासन, षडदर्शन, निराहार, सप्तर्षि, नाविक, उच्चारण, आशीर्वाद । (0) तलका कुनै पाँचवटा शब्दका दुई-दुईवटा अनेकार्थक शब्द लेख्नुहोस्‌ : टीका, आदि, उत्तर, पुतली, रस, साँचो, चूक | 0১) 0) तलका कुनै पाँचवटा शब्दको विपरीतार्थक शब्द लेख्नुहोस्‌ : निरपेक्ष, उत्कृष्ट, जङ्गम, उर्वर, चिरञ्जीवी, डरपोक, मुक्त | (8) तलका पाँचवटा पदको समास-विग्रह गर्नुहोस्‌ : त्रैलोक्य, शोकाकुल, अनावरण, रतन्धो, कर्तव्यनिष्ठ, भित्रबाहिर, आजन्म | SLPM-C-NPLI 6 20 () ൫ तलका कुनै पाँचवटा वाग्धारालाई एक-एकवटा वाक्यमा प्रयोग गर्नुहोस्‌ : तातो ୩୮୩, मुलुक मार्नु, आँखा गानु, किरिया हाल्नु, तिलाञ्जलि दिनु, नाक जानु, चिसो पस्नु | (1) तलका कुनै पाँचवटा पदावलीको सारशब्द लेख्नुहोस्‌ : (1) लोकमा नहुने। (2) যাওঁ না देशबाट बाहिर निकाल्नु | (3) बिहेका निम्ति केटो वा केटी माग्न जाने मानिस । (4) थपडी मार्दा निस्केको ध्वनि | (5) जन्म-मरणको बन्धनदेखि मुक्त भएको | (6) नानीलाई पहिलोपल्ट भात खुवाउने काम वा उत्सव । (7) जो बुद्धिहीन भई नचाँहिंदा धेरै कुरा गरिहिंडूछ | (8) पहिलेदेखि चलेर आएको व्यवहार नबुझी मान्ने काम । (१) ¢) तलका कुनै पाँचवटा शब्दको लिङ्ग परिवर्तन गर्नुहोस्‌ : नन्द, झाँक, पाठो, ढोई, भाजू, लिम्बू, ۱ (8) तलका कुनै पाँचवटा उखानलाई पूरा गर्नुहोस्‌ : (1) गाई भए गोरस (2) घोकन्ती विद्या (8) ढाँटेको कुरा ........................... । (4) कुलो भागी समुद्र ........................ । (5) रूपियाँ गन्नू सय फेरा .......................... । (6) दसतिरको जोहो .......................... । (7)... अजिड़गरको आहार ........................... । (8) बजाउन जाने पो ........................... । SLPM-C-NPLI 7 ' ದ್‌ ୮
PDF hosted at www.upsc.gov.in: ↓ Download from source Open at sourceThe PDF opens on the source website in a new window.

Follow & Subscribe

Get the latest updates on Facebook and Telegram